
काठमाडौं । म्यानहन्ट इन्टरनेसनल मेल सुपर मोडलको नेपाली संस्करण सम्पन्न भएको छ । काठमाडौंको ठमेलस्थित क्लब टेनएक्स्मा पुरुष व्यक्तित्व र बौद्धिकतासँग सम्बन्धित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता म्यानहन्ट इन्टरनेसनल मेल सुपर मोडलको नेपाली संस्करण म्यानहन्ट इन्टरनेसनल नेपाल २०२४ सम्पन्न भएको हो ।
प्रतियोगितामा अभिनव थापा अर्ना म्यानहन्ट इन्टरनेसनल नेपाल २०२४ को उपाधि चुम्न सफल हुनुभएको छ । उपाधिसँगै उहाँले आगामी मे महिनामा थाईल्याण्डमा हुने म्यानहन्ट इन्टरनेसनल मेल सुपर मोडल २०२४ मा नेपालको तर्फबाट सहभागिता जनाउने अवसर प्राप्त गर्नुभएको छ । अभिनव खल्ती मिष्टर पपुलर तथा एम्पायर मिष्टर पर्सनालिटीको अवार्डलाई पनि आफ्नो बनाउन सफल हुनुभएको छ ।
प्रतियोगितामा दीलिप नेपाली टेनएक्स मिष्टर फ्रेण्डसिपसहित मिष्टर इन्टरनेसनल नेपाल २०२४ को उपाधि जित्न सफल हुनुभयो भने युनिक तुलाधर रनर्सअपका हुनुभएको थियो । क्लब टेनएक्स्को सहकार्यमा ग्रुप अफ इभेन्ट इन्टरटेनर्स, जिइइको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा सोयस बलामीले अर्ना मिष्टर ट्यालेन्ट, सिद्धान्त केसीले ज्यासमिन मिष्टर फिजिक र विजय थापाले फोरेन्सिक मिष्टर फोटोजेनिक विधाको अवार्ड चुम्नुभएको थियो ।
अग्रज कोरियोग्राफर अनुप सक्सेनाको कोरियोग्राफीमा सम्पन्न प्रतियोगिताका लागि फेसन कोरियोग्राफर एवं सञ्चारकर्मी रोजिन शाक्यले सहभागीलाई स्टेज प्रस्तुतीकरणमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । प्रतियोगितामा अग्रज फेसन कोरियोग्राफर एवं अभिनेता प्रशान्त ताम्राकार, हाउस अफ फेसन नेपालका ओसिमा बानु तथा अभिनेता एवं मोडल सुशील श्रेष्ठ निर्णायक रहनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच