एजेन्सी । भोजपुरी फिल्म उद्योगका चार कलाकारको सडक दुर्घटनामा निधन भएको छ । भारतको विहार राज्यस्थित कैमुरमा भएको सडक दुर्घटनामा भोजपुरी चलचित्र उद्योगले चर्चित कलाकार गुमाएको हो । निधन हुनेमा भोजपुरीका चर्चित गायक तथा अभिनेता पुण्यश्लोक पाण्डेय ‘छोटु पाण्डेय’, मोडल तथा अभिनेत्री सिमरन श्रीवास्तव र आँचल तिवारी, गीतकार सत्य प्रकाश मिश्रा ‘बैरागी बाबा’सहित नौजना रहनुभएको छ ।
भीषण सडक दुर्घटनाका कारण अहिले भोजपुरी चलचित्र उद्योग शोकमा डुबेको छ । विहारका मुख्यमन्त्री नीतिश कुमारले यस घटनाबारेमा दुःख प्रकट गर्नुभएको छ । एजेन्सीका अनुसार आइतबार छोटु पाण्डेय स्कार्पियोबाट आफ्नो पूरै टिमसहित एक कार्यक्रममा भाग लिन उत्तर प्रदेश गइरहनुभएको थियो । त्यसक्रममा विहारको कैमुर जिल्लास्थित मोहनिया थाना क्षेत्रको एनएच-२ स्थित देवकली नजिकै अचानक एक मोटरसाइकल स्कार्पियोसामु आइपुग्यो । मोटरसाइकललाई जोगाउने क्रममा स्कार्पियो अनियन्त्रित भएर एनएच सडकमै बजारियो ।
जब स्कार्पियोमा सवार उनीहरू बाहिर निक्लन खोज्दै थिए, त्यहीबेला पछाडिबाट आएको एउटा कन्टेनरले उनीहरूलाई ठक्कर दियो । दुर्घटना यति ठूलो थियो कि स्कार्पियो टुक्रा टुक्रा भएको छ । केही बेरमै उक्त घटनास्थलमै आठजनाको ज्यान गयो । उक्त दुर्घटनाका क्रममा मोटरसाइकलमा सवार व्यक्तिको पनि ज्यान गएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच