काठमाडौं । शैक्षिक उत्कृष्टताका लागि शिक्षक र शिक्षकका प्रशिक्षकहरूको पेशागत विकास भन्ने नाराका साथ ब्रिटिस काउन्सिल नेपालले सातौँ एजुकेसन सिम्पोसियम आयोजना गरेको छ । काउन्सिलको उक्त वार्षिक सिम्पोसियम विगतका वर्षमा जसरी नै नेपालको शैक्षिक क्षेत्रका महत्वपूर्ण मुद्दामा छलफलका लागि उल्लेखनीय मञ्च साबित भएको काउन्सिलले जनाएको छ ।
कार्यक्रम उद्घाटनका क्रममा नेपालस्थित बेलायतका राजदूत रोब फेन ले भन्नुभयो, ‘शिक्षाका लागि विश्वव्यापी साझेदारी (जिपिई) लगायत कार्यक्रममार्फत् बेलायत सरकारले नेपाललाई मानव विकासका सूचकांकहरू हासिल गर्न सहायता उपलब्ध गराउँदै आएको छ । नेपालका तीनै तहका सरकारसँगको सहकार्यमा काठमाडौंमा रहेको बेलायती दूतावास र ब्रिटिस काउन्सिल नेपालको ‘विद्यालय शिक्षा क्षेत्र योजना (एसइएसपी)’ कार्यान्वयनमा सघाउन प्रतिबद्ध छ ।’
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले भन्नुभयो, ‘हाम्रो शैक्षिक क्षेत्रभित्र प्रणालीगत सुधार अघि बढाउन मुख्य सहयोगीका रूपमा काउन्सिलको महत्वपूर्ण भूमिका रहेको छ । विगत वर्षहरूमा शिक्षा मन्त्रालयले ब्रिटिस काउन्सिलसँग निकटमा रहरे सहकार्य गरेका थियौँ, शैक्षिक सुधार र क्षमता निर्माणमा काउन्सिलको विज्ञताको भरपुर लाभ उठाइएको छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच