काठमाडौं । निषेधित क्षेत्र तोड्न दलबलसहित आन्दोलनमा होमिँदा नेता राजेन्द्र महतो घाइते हुनु भएको छ ।
बुधबार प्रहरीसँगको घम्साघम्सीको कारण महतो केहीबेर बेहोस समेत हुनुभएको थियो ।
उहाँको खुट्टा रक्ताम्य भएको थियो । उहाँ उपचारको लागि ट्रमा सेन्टर पुग्नुभएको छ ।
'राष्ट्रिय मुक्ति क्रान्ति अभियान' सुरु गर्नुभएको महतोले आफ्नो अगुवाईमा आज काठमाडौंको निषेधित क्षेत्र तोड्ने प्रयास भएको थियो।
त्यसक्रममा माईतीघरमा प्रहरी र प्रदर्शनकारीहरुबीच झडप भएको थियो ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेर महतोले सोमबार (१४ फागुन) 'राष्ट्रिय मुक्ति क्रान्ति' नामक अभियान घोषणा गर्नुभएको थियो ।
अभियानको उपत्यका विशेष ब्युरोको आव्हानमा कालो ब्यानरसहित महतो र समर्थकले माइतीघरमा गएर प्रदर्शन गरेका थिए ।
साे अभियानले २०६४ फागुन १६ गते तत्कालीन सरकार र मधेसी मोर्चाबीचको ८ बुँदे सम्झौता कार्यान्वयन गराउन दबाबस्वरूप प्रदर्शन गरिएको बताइएको छ ।
डिल्लीबजार चारखालबाट सुरु भएको आन्दोलन पुतलीसडक, बागबजार घण्टाघर हुँदै भद्रकाली पुगेपछि प्रहरीले रोकेको थियो ।
भद्रकालीदेखि अगाडिको क्षेत्र जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधित क्षेत्र तोकेकाले प्रहरीले आन्दोलनकारीलाई त्यहीँ रोकेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच