काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न मुद्दाहरुका कारण परिस्थिति बदलिएको बताउनु भएको छ ।
चितवनको भरतपुरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनु भएको हो । नेपाली कांग्रेसकाे महासमिति बैठकमा उठेका विभिन्न मुद्दाहरु काेशीमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा माओवादी उम्मेदवारको हारका कारण परिस्थिति बदलिएको बताउनु भएकाे हाे ।
शान्ति प्रक्रिया र संविधान लेखनको प्रक्रियामा कृष्ण सिटौलाले खेलेको भूमिकाका आधारमा राष्ट्रियसभाको अध्यक्ष बनाउन सकिने आफूले केही समयअघि बताएपनि अहिले घटनाक्रम भिन्न तरिकाले अघि बढेको उहाँले बताउनु भयो ।
कांग्रेसकै कारण राष्ट्रियसभा निर्वाचनमा कोशीमा माओवादी उम्मेदवार पराजित भएको, महासमिति बैठकमा गठबन्धन नगर्ने बहस गर्नुका साथै जनयुद्धबारे अनावश्यक टिप्पणी गरेको उहाँले भनाइ थियो ।
तर, प्रधानमन्त्री प्रचण्डले माओवादीको स्थायी कमिटी बैठकमा राष्ट्रियसभाको अध्यक्ष माओवादीले पाउनुपर्नेमा अधिकांश सदस्यहरुको जोड रहे पनि पार्टीले लिखित रुपमा कुनै निर्णय भने नगरेको बताउनु भयो।
उहाँले भन्नुभयो, ‘सिटौलाजीले शान्ति प्रक्रियामा खेलेको सकारात्मक भूमिका, संविधान निर्माणमा खेलेको भूमिकाको पृष्ठभूमिमा मैले यदि सिटौलाजी आउने हो भने चाहीँ सकारात्मक ढंगले सोच्न सकिन्छ भनेकै हो । तर, त्यहाँदेखि यहाँसम्म आउँदा केही घटनाक्रमहरु अलि भिन्न ढंगले गए । एउटा त कोशीमा जसरी माओवादीको उम्मेदवार पराजीत हुने स्थिति कांग्रेसकै कारणले भयो । कोशी प्रदेशका हाम्रा नेता तथा कार्यकर्ता र समर्थक पनि आक्रोशित स्थितिमा हुनुहुन्छ । भर्खरै सम्पन्न कांग्रेसको महासमिति बैठकले पनि केही चिज नयाँ, आवश्यक नभएको लाग्छ हामीलाई, गठबन्धन राम्रै गइराखेको थियो ।’
यद्यपि अहिले पनि आफूहरु गठबन्धनकै पक्षमा रहेको बताउँदै उहाँले यसले तात्विक रुपले ठूलै अन्तर परिहाल्छ भन्ने ठाउँमा चाहिँ आफू नपुगेको उहाँले बताउनु भयो ।
भरपुर महानगरपालिकाले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड बिहीवार साँझ भरतपुर पुग्नुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच