जंगली हात्तीको आक्रमणमा परि कञ्चनपुरमा महिलाको मृत्यु

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

कञ्चनपुर । कञ्चनपुरमा जंगली हात्तीले आक्रमण गर्दा एक जना महिलाको मृत्यु भएको छ।

दाउरा खोज्न जंगल पुग्नुभएकी बेदकोट नगरपालिका-१ हात्तीथलाकी ७१ वर्षीया हीरादेवी धानुकलाई हात्तीले आक्रमण गरेको हो।

हात्तीको आक्रमणबाट धानुकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी भरत गिरीले जानकारी दिनुभयो ।

बैजनाथ मध्यवर्ती सामुदायिक वनमा धानुक दाउरा खोज्न पुग्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?