भरतपुुर । इच्छाकामना म्याराथनमा गोरखाका सञ्जय श्रेष्ठ प्रथम हुनुभएको छ । चितवनको इच्छाकामना मन्दिरमा आज लाग्ने ठूलो पञ्चमी मेलाका अवसरमा आयोजना गरिएको म्याराथनमा श्रेष्ठले एक घण्टा १४ मिनेटमा १३ किलोमिटर दूरी पार गर्नुभयो ।
तनहुँका सनम गुरुङ दोस्रो हुनुभएको छ । उहाँले एक घण्टा १७ मिनेट १५ सेकेण्डमा दूरी पार गर्नुभयो । तेस्रो हुने गोरखाका दिनेशसिंह बोगटीले १७ मिनेट ४५ सेकेण्ड र चौथो हुने तनहुँका प्रेम गुरुङले एक घण्टा ४२ सेकेण्डमा दूरी पार गर्नुभयो ।
महिलामा म्याराथनतर्फ देवीमाया गुरुङ प्रथम र जमुना मगर दोस्रो हुनुभएको छ । इच्छाकामनाका सिमान्तकृत चेपाङ समुदायलाई लक्षित गरेर आयोजना गरिएको म्याराथनमा श्याम चेपाङ प्रथम र विष्णु चेपाङ दोस्रो हुनुभएको संयोजक झलक गुरुङले जानकारी दिनुभयो । उहाँले इच्छाकामना मन्दिरको प्रवद्र्धन गर्ने उद्देश्यले पहिलोपटक म्याराथन आयोजना गरिएको बताउनुभयो ।
प्रतियोगितामा १५ देखि ६५ वर्ष उमेर समूहका १०८ जना धावकले सहभागिता जनाएका थिए । प्रतियोगितामा प्रथम हुने धावकले नगद २० हजार, दोस्रो हुनेले १० हजार, तेस्रो हुनेले सात हजार र चौथो हुनेले पाँच हजार नगद प्राप्त गर्नुभयो । प्रतियोगितामा १०औँ सम्म हुने धावकलाई सान्त्वना पुरस्कारले सम्मान गरिएको थियो । महिलातर्फ प्रथम हुनेलाई ५५ सय, दोस्रो हुनेलाई दुई हजार पाँच सय र चेपाङ समुदायतर्फ प्रथम हुनेलाई तीन हजार र दोस्रो हुनेलाई दुई हजार पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
म्याराथनको इच्छाकामना गाउँपालिका-५ का वडाध्यक्ष तेजबहादुर शेरचनले उद्घाटन गर्नुभएको थियो । इच्छाकामना सिद्धबाबा संरक्षण समिति र इच्छाकामना त्रिवेणी कला केन्द्रको संयुक्त आयोजनामा म्याराथन आयोजना गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच