काठमाडौं । हृवा राङ वारियर्स आइटिएफ खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन चार खेलाडीसहित पाँच सदस्यीय नेपाली टोली मलेसियाको क्वालालम्पुर प्रस्थान गरेको छ । फेब्रुअरी २९ देखि मार्च ४ तारिखसम्म हुने प्रतियोगितामा तीन पुरुष र एक महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
पुरुषको ५२ केजीमुनि वीरेन्द्र कुँवर, ६२ केजीमुनि कैलाश अर्याल र ७५ केजीमुनि देवेन्द्र सुनार रहनुभएको छ । महिला ५२ केजीमुनि सजिना तामाङले खेल्नुहुनेछ ।
प्रशिक्षकमा विक्रम बान्था मगर हुनुहुन्छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिदाइ गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच