काठमाडौं । साताको अन्तिम दिन बिहीबार पनि सेयर बजार २८.६८ अंकले घटेर १९७२.०९ अंकमा झरेको छ । कारोबारमा आएका सबै समूहगत सूचक घटेको यस दिन तीन सय नौ कम्पनीका ७४ लाख ४६ हजार नौ सय ९१ कित्ता सेयर दुई अर्ब ५९ करोड ८७ लाख ३७ हजार दुई सय २८ रुपैयाँमा खरिदबिक्री भएको छ । जुन दैनिक कारोबार दिनको तुलनामा ५६ करोड छ लाख रुपैयाँले बढेको हो । अघिल्लो दिन बुधबार दुई अर्ब ३ करोड ८१ लाखको कारोबार भएको थियो ।
कारोबारमा आएका १३ समूहगत सूचक घटेकामा फाइनान्स सर्वाधिक ३.२१, हाइड्रोपावर २.६२, व्यापार २.५१ र होटल तथा पर्यटनमूलक २.२७ प्रतिशतले घटेको छ । विकास बैंक, लगानी, जीवन बिमा, लघुवित्त र अन्यको सूचक एक प्रतिशतभन्दा धेरैले घटेको छ ।
बिहीबार पनि सोनापुर मिनरल्स एण्ड आयलको सर्वाधिक ११ करोड १३ लाख १० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, जोशी हाइड्रोपावर १० करोड १४ लाख ३३ हजार, हिमालयन रि इन्स्यारेन्स आठ करोड तीन लाख ३५ हजार, हाथवे इन्भेष्टमेन्ट सात करोड चार लाख २२ हजार र शिवम् सिमेन्ट्सको पाँच करोड २१ लाख १२ हजार रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
बोटलर्स नेपाल (बालाजु) लिमिटेडको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा बढेर कारोबार भएको छ भने मनकामना स्मार्ट लघुवित्त ९.८६, मानुषी लघुवित्त ३.९८, समाज लघुवित्त ३.९० र एनएमबी-५० को ३.५९ प्रतिशतले बढेको छ । जोशी हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ भने अपरस्याङ्गे हाइड्रोपावर ८.६२, मोलुङ हाइड्रोपावर ८.०१, इङ्वा हाइड्रोपावर ७.५८ र एनआइसी एसिया ग्रोथ फण्ड–२ को इकाई मूल्य ७.५७ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच