काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको सरकारको निरन्तरता कायम रहने बताउनुभएको छ ।
शुक्रवार चितवनमा भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन समारोहमा बोल्दै उहाँले अहिले गठबन्धनको सरकार रहेको र यो सरकाले निरन्तरता कायम रहने विश्वास व्यक्त गर्नुभएको हो ।
उहाँले देशको अर्थतन्त्रको विकासमा पर्यटन महत्वपूर्ण क्षेत्र भएकाले यसमा ध्यान दिन जरुरी रहेको पनि बताउनु भयो । उहाँले पर्यटन विकासका लागि निजी क्षेत्रको महत्वपूर्ण भुमिका रहेको भन्दै निजी क्षेत्रसँगको सहकार्य बिना पर्यटन विकास हुन नसक्ने बताउनु भयो । उहाँले भरतपुर महानगरपालिका प्राकृतिक सुन्दरताले सम्पन्न स्थान भएको पनि बताउनु भयो ।
उहाँले प्राकृतिक रुपमा सुन्दर, जैविक विविधताका लागि स्वच्छ वातावरण र पर्यटकमैत्री जनजीवन भएका कारणले चितवन पर्यापर्यटन, वन्यजन्तु, खेल, स्वास्थ्य, कृषि पर्यटनको विकास भइरहेको हुँदा देशको मुख्य आर्थिक केन्द्रको रुमपा विकास भइहरेको बताउनु भयो । उहाँले कोरोना र हाल विश्वमा चलिरहेको युद्धका कारणले देशको अर्थतन्त्रमा प्रभाव पारेको बेला पर्यटनको विकासले अर्थतन्त्रमा सकारात्मक प्रभाव ल्याउने दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘चितवन जिल्लाको भरतपुर महानगरपालिका प्राकृतिक सुन्दरताले सम्पन्न स्थान हो । यो देशकै प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक हो । विश्व सम्पदा सूचिमा सूचिकृत चितवन राष्ट्रिय निकुञ्ज अन्तर्राष्ट्रिय स्तरमा पनि लोकप्रिय गन्तव्यको रुपमा पहिचान बनाउन सफल छ । यस महानगरपालिकामा पर्यटकीय विकासका लागि पर्याप्त पूर्वाधार रहेका छन् । प्राकृतिक रुपमा सुन्दर, जैविक विविधताका लागि स्वच्छ वातावरण र पर्यटकमैत्री जनजीवन भएका कारणले यहाँ पर्यापर्यटन, वन्यजन्तु, खेल, स्वास्थ्य, कृषि पर्यटनको विकास भइरहेको हुँदा देशको मुख्य आर्थिक केन्द्रको रुमपा विकास भइहरेको छ । भौगोलिक रुपमा पनि मध्य केन्द्रमा अवस्थित भरतपुर आन्तरिक पर्यटकका लागि पनि सहज छ । यातायातको पूर्वाधारका रुपमा देशको राजधानी नजिक रहेको हुँदा आन्तरिक र वाह्य पर्यटकको लागि पनि सहज भएको छ । कोरोना र हाल विश्वमा चलिरहेको युद्धका कारणले हाम्रो अर्थतन्त्रमा प्रभाव पारेको बेला पर्यटनको विकासले अर्थतन्त्रमा सकारात्मक प्रभाव ल्याउनेछ । देशको अर्थतन्त्रको विकासमा पर्यटन महत्वपूर्ण क्षेत्र हो । यसमा ध्यान दिन जरुरी छ । अहिले हाम्रो गठबन्धनको सरकार बनेको छ । यसको निरन्तरता कायम रहनेछ । यो सरकारले पर्यटन विकासको क्षेत्रमा पूर्ण रुपले काम गर्नेछ । पर्यटन विकासका लागि निजी क्षेत्रको महत्वपूर्ण भुमिका छ । निजी क्षेत्रसँगको सहकार्य बिना पर्यटन विकास हुन सक्दैन ।’
सभापति देउवाले आगामी दिनमा चितवन पर्यटकहरुका लागि झनै महत्वपूर्ण हुनेमा विश्वस्त रहेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच