
काठमाडौं । अपांगता भएका व्यक्तिहरूलाई रोजगारीमा समावेश गरेका नौवटा निजी संस्थाहरूलाई सम्मान गरिएको छ । नेपाल अपांग मानव अधिकार केन्द्रको आयोजना तथा डीडीपी युकेको साझेदारीमा अपांगता भएका व्यक्तिहरूलाई रोजगारीमा समावेश गरेकोमा सो निजी संस्थाहरूलाई राजधानीमा सम्मान गरिएको हो ।
नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यको प्रमुख आतिथ्यता तथा राष्ट्रिय सभा सदस्य एवं दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थको विशेष आतिथ्यतामा ६ वटा निजी र तीनवटा गैरनाफामूलक संस्थाहरूलाई सम्मान गरिएको हो ।
सम्माननित हुने संस्थाहरूमा मेरोजब लिमिटेड, प्रभु म्यानेजमेन्ट प्रा.लि., सुबिसु केबलनेट, क्लाउड फ्याक्ट्री नेपाल, होटेल हार्दिक र टि-ट्वान्टीवान क्याफे तथा गैरनाफामूलक संस्थाहरूमा बिआईए इन्स्टिट्युट, काठमाडौं मोडल अस्पताल र कोथिना मीठो छ स्कुल अफ हस्पिटालिटी रहेका छन् ।
अपांगता भएका व्यक्तिलाई रोजगारीमा समावेश गरेर उदाहरणिय कार्य गरेकोमा मन्त्री आचार्यले ‘सरकारले पनि अपांगता भएका व्यक्तिहरूको सशक्तीकरणका लागि रोजगारीलाई नै केन्द्रबिन्दु बनाएर कार्य गरिरहेको’ बताउँनु हुँदै उहाँले अपांगता भएका व्यक्तिलाई रोजगारीमा जोडेका संस्थाहरूलाई सम्मान गरेकोमा नेपाल अपांग मानव अधिकार केन्द्रलाई धन्यवाद व्यक्त गर्नुभयो ।
नेपाल अपांग मानव अधिकार केन्द्रका अध्यक्ष तारा बदन सेढाइँले सभापतित्व गर्नुभएको उक्त कार्यक्रममा प्रतिनिधिसभा सदस्य कालुराम राई (केआर खुम्बु), बागमती प्रदेशसभा सदस्य लक्ष्मी घिमिरे, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव रामकृष्ण लामिछाने, उपसचिव एवं अपांगता अधिकार प्रवद्र्धन शाखाका शाखा प्रमुख जमुना मिश्र, राष्ट्रिय अपांग महासंघ नेपालका अध्यक्ष देवीदत्त आचार्यको आतिथ्यता थियो । कार्यक्रममा अपांगता क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाका प्रतिनिधिलगायत व्यक्तित्वको सहभागिता थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच