काठमाडौं । नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट बाउण्ड्रीको सहयोगमा विराटनगरमा भएको दोस्रो संस्करणको विराटनगर हब अन्तरविद्यालय महिला क्रिकेट प्रतियोगितामा लगातार चार खेलमा विजयी हुँदै सरस्वती स्कुल र बालिका स्कुल फाइनलमा प्रवेश गरेका छन् । विराटनगर ६ स्थित ज्वाला क्रिकेट मैदानमा भएको खेलमा सरस्वती, बालिका, सत्यनारायण स्कुल विजयी भएका छन् । पहिलो खेलमा महेन्द्र स्कुललाई सरस्वती स्कुलले ६४ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित १६ ओभरमा ६ विकेट गुमाई १२१ रनको योगफल बनाएको छ ।
जसमा प्लेयर अफ द म्याच कृतिशा धामीले ४३ रनको योगदान दिनुभयो । महेन्द्रकी धनवन्ती रायले १ विकेट लिनुभयो । १२२ रनको विजयी लक्ष्य पाएको महेन्द्रले निर्धारित ओभरमा ७ विकेट गुमाई ५७ रनमात्र बनाउन सक्यो । जसमा शिवानी खातुनले सर्वाधिक ६ रनको योगदान दिनुभयो । सरस्वतीकी चाँदनी यालव र अञ्जली मण्डलले २-२ विकेट लिनुभयो ।
दोस्रो खेलमा बालिका स्कुलले आदर्श स्कुललाई ३५ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको बालिकाले निर्धारित १६ ओभरमा ४ विकेट गुमाई १ सय १० रन बनाएको छ । जसमा प्लेयर अफ द म्याच वुदिता राजवंशीले सर्वाधिक ३० रन बनाउँदा शकुन्तला सहनीले २५ रन बनाउनुभयो । आदर्शकी अर्पणा राजवंशीले २ विकेट लिनुभयोे ।
१११ रनको विजयी लक्ष्य पाएको आदर्शले निर्धारित ओभरमा ४ विकेट गुमाई ७५ रनमा सीमित भयो । करुणा राजवंशीले सर्वाधिक १८ रनको योगदान दिनुभयो । बालिकाकी वविता गुप्ताले २ विकेट लिनुभयो ।
तेस्रो खेलमा सत्यनारायण स्कुलले मिल्स स्कुललाई ३९ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित १६ ओभरमा ५ विकेट गुमाई १ सय ८ रन बनाएको छ । जसमा चाँदनी यालवले सर्वाधिक १६ रनको योगदान दिनुभयो । मिल्सकी सुमन चौधरीले २ विकेट लिनुभयो ।
१०९ रनको विजयी लक्ष्य पाएको मिल्सले १५ ओभरमा सबै विकेट गुमाई ६९ रनमा सीमित भयो । उसका सुमन चौधरीले सर्वाधिक ११ रनको योगदान दिनुभयो । सत्यनारायणकी प्लेयर अफ द म्याच सञ्जना पासवानले ३ विकेट लिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच