काठमाडौं । नेपालको एकमात्रै अन्तर्राष्ट्रिय फुटबल स्टेडियमका रूपमा रहेको त्रिपुरेश्वरको दशरथ रंगशाला अन्तर्राष्ट्रिय खेलका लागि अनुपयुक्त देखिएको छ । अन्तर्राष्ट्रिय खेलका लागि उपयुक्त नभएकै कारण देखिएपछि नेपाल र बहराइनबीच हुने फिफा विश्वकप २०२६ र एएफसी एसियन कप छनोट २०२७ को छनोट खेल पनि रंगशालामा नहुने भएको छ । अखिल नेपाल फुटबल संघ९एन्फा०ले एक विज्ञप्ति जारी गर्दै रंगशालाको खराब अवस्थाका कारण नेपालमा हुने तय भएका उक्त खेलहरू नहुने जनाएको छ । पूर्वनिर्धारित तालिकाअनुसार चैत ८ गते दशरथ रंगशालामा र चैत १३ गते बहराइनमा नेपाल र बहराइनको राष्ट्रिय पुरुष फुटबल टोलीबीच खेल हुनुपर्ने थियो ।
दशरथ रंगशाला अनुपयुक्त भएपछि एसियाली फुटबल महासंघ ९एएफसी०ले एन्फालाई पत्र पठाउँदै नेपाल र बहराइनबीचको पहिलो लिगको खेल तटस्थ भूमिमा आयोजना गर्न भनिसकेको छ । ‘एएफसीका प्रतिनिधिहरूले मैदान निरीक्षण गरेपछि रंगशालामा भएका विभिन्न खेलकुद तथा अन्य गतिविधिका लागि मैदान खेलका लागि अनुपयुक्त देखिएको निष्कर्ष निकालेको छ,’ एन्फाले विज्ञप्तिमा भनेको छ, ‘हाम्रा समर्थकलाई बहराइनविरुद्धको होम खेल नेपालमा नहुने कुराको जानकारी दिँदा हामी अत्यन्तै दुखी छौँ । छिट्टै नै देशबाहिर वैलल्पिक स्थानको खोजी हुनेछ ।’
एएफसीका प्रतिनिधि मिन्दु दोर्जेले सोमबार दशरथ रंगशालाको निरीक्षण गर्नुभएको थियो । निरीक्षणपछि उहाँले एएफसीलाई मैदान खेलका लागि अनुपयुक्त भएको निष्कर्षसहितको प्रतिवेदन बुझाउनुभएको हो ।
दशरथ रंगशालामा पुस १४ गते नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको फाइनल भएको थियो । त्यसपछि खाली रहेको मैदानमा गत साता रग्बीको क्लब च्याम्पियनसिप आयोजना भएको थियो । रग्बी खेल दशरथ रंगशालामा आयोजना भएका कारण पनि मैदानको अवस्था झनै खराब भएको हो ।
एन्फाले विज्ञप्तिमा मैदान स्तरोन्नतिका लागि समय पनि पर्याप्त नभएको र भविष्यमा फुटबलबाहेकका खेल तथा अन्य कार्यक्रम रंगशालामा नगराइदिन पनि सम्बन्धित निकायमा अनुरोध गरेको छ । रंगशाला राखेपको मातहतमा छ ।
बहराइनविरुद्धको खेल तटस्थ भूमिमा हुने भएपछि नेपालले प्रारम्भिक टोलीको घोषणा गरेको छ । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले ३३ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गर्नुभएको हो । उहाँले चारजना खेलाडीलाई पहिलोपटक राष्ट्रिय टोलीको प्रशिक्षणमा बोलाउनुभएको छ । जसमा डिफेन्डरद्वय अजय चौधरी र दिपेन्द्र विकसहित मिडफिल्डर रोहन कार्की र फरवार्ड समिर तामाङ रहनुभएको छ ।
प्रारम्भिक नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङ, अभिषेक बराल, विशान सुनार र दीप कार्की, डिफेन्डरमा अजय चौधरी, अनन्त तामाङ, एञ्जल महर्जन, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, दिपेन्द्र विक, रोहित चन्द, सनिश श्रेष्ठ, सुमित श्रेष्ठ र योगेश गुरुङ रहनुभएको छ ।
मिडफिल्डरमा एरिक विष्ट, विशाल तामाङ, क्रितिश रत्न छुन्जु, लाकेन लिम्बू, मणिकुमार लामा, मनिष डाँगी, रोहन कार्की, सन्तोष खत्री, सुरजज्यू ठकुरी, उत्सव राई तथा फरवार्डमा अञ्जन विष्ट, आयुष घलान, दिनेश हेन्जन, जिलेस्पीजंग कार्की, हिसुब थपलिया, राजेश परियार, समिर तामाङ र सञ्जीव विष्ट रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच