नामिबिया र नेदरल्यान्ड्बीचको खेल वर्षाले प्रभावित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राजधानीमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी-२० शृृङ्खलाअन्तर्गत नामिबिया र नेदरल्यान्ड्सबीचको खेल वर्षाका कारण प्रभावित बनेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले खेलको १५औँ ओभरमा वर्षा भएपछि खेल रोकिएको हो ।

नामिबियाले १५ ओभरमा ४ विकेट गुमाउँदै ९८ रनको योगफल बनाएको छ । खेल मैदानमा अहिले कभर ढाकिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?