रुपन्देही । सियारी गाउँपालिकाले फिजियोथेरापी शुरु गरेको छ । पालिकाले स्थानिय नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने उद्धेश्यले फिजियोथेरापी शुरु गरेको हो । सियारी गाउँपालिकाले शुरु गरेको फिजियोथेरापी सेवा लुम्बिनी प्रदेशका पालिकाहरुमा पहिलो भएको दावी गरेको छ ।
गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले फिँजियो थेरापी सेवाका लागि भैरहवा तथा बुटवल लगाएतका शहरमा पुग्नु पर्ने बाध्यतालाई हटाउन सेवा शुरु गरेको बताउनु भयो । अध्यक्ष घिमिरेले भन्नुभयोे, ‘एक जना फिँजियो थेरापी गर्न जाँदा बुटवल तथा भैरहवाको भाडा, थेरापी गरे बापतको शुल्क लगायत तिर्दा एक भन्दा बढी हुन्छ, समयको पनि बचत हुँदैन्, यी सबै कुराबाट नागरिकलाई सुबिधा दिनका लागि पालिकाबाट फिँजियो थेरापी शुरु गरेका हौँ ।’
अध्यक्ष घिमिरेका अनुसार सियारीले फिँजियो थेरापीबाट बढीमा १ सय ५० देखि दुईसय सम्म हुनसक्ने गरी शुल्क तय गर्न लागिएको छ । पालिकाले सियारी ४ छपिया बजारस्थित नेपाल रेडक्रसको भवनबाट सेवा सुरु गरेको हो । गाउँपालिका अध्यक्ष घिमिरेले सियारीवासीलाई स्वास्थ्य क्षेत्रमा आबश्यक अन्य सेवा पनि निरन्तर रुपमा प्रदान गर्दै जाने बताउनु भयो।
आधुनिक मेसिनसहित फिँजियो थेरापी सेवा विस्तार भएसँगै सियारी सहित मायादेवी, सुद्धोेधन गाउँपालिकाका नागरिकले लाभ लिन पाउने पालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्धिबहादुर घर्तीले जानकारी दिनुभयो ।
प्यारालाइसिस, नसा, ढाड र खुट्टाको समस्याका साथै बाथ लगाएत रोगका बिरामीले सियारीमा सुरु गरिएको थेरापी बाट सेवा लिन सक्ने पालिकाका स्वास्थ्य शाखा प्रमुख प्रशासकिय अधिकृत ऋषिराम पन्थीले जानकारी दिनु भयो ।पालिका भित्रै थेरापी सुरु भएपछि निकै सहज भएको स्थानिय सेवाग्रहीले उल्लेख गरेका छन् । सियारी ४ का बुद्धिप्रसाद पोखरेल तथा सावित्री पोखरेलले गाउँमै सेवा आएपछि आफुहरुलाई निकै सहज भएको बताउनु भयो।
बुढेसकालमा धेरै टाढा पुगेर उपचार गर्दा आर्थिक समस्याका साथै समय पनि खर्च हुने गरेको थियो गाउँमा आएपछि निकै सहज भएको छ, स्थानिय बुद्धिप्रसाद पोखरेलले बताउनु भयो । 'फिजीयोे थेरापी गर्नका लागि कहिले बुटवल त कहिले भैरहवा जानु पर्ने थियो, गाउँमै सेवा आएपछि निकै सजिलो भएको छ, यसबाट हामी जति अरु को होला र ?' उहाँले भन्नुभयोे ।
गाउँपालिकाले थेरापी सेवा लिनका लागि अत्यन्तै न्युन शुल्क तय गर्ने जनाएको छ । सियारीले जेष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिहरुको सहजताका लागि घरदैलोमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ भने बिरामीहरुलाई निशुल्क रुपमा रगतको व्यवस्थापनसमेत गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच