कैदीबन्दीलाई योग

टेकराज अवस्थी डडेल्धुरा, संवाददाता
Read Time = 2 mins

डडेल्धुरा । डडेल्धुरा कारागार बन्दीगृहमा रहेका कैदीबन्दीहरुलाई सात दिने योगाभ्यास प्रशिक्षण गरिएको छ ।
७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बन्दीगृहमा रहेका ११० जना पुरुष र १५ जना महिलाहरुलाई आईतवार देखि १३ गते सम्मका लागि शारीरिक योग तथा प्राणायाम अभ्यासहरुको शिविर संचालन गरिएको कारागार कार्यालय डडेल्धुराले जनाएको छ ।

जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र डडेल्धुराका आयोजना र पतंजली योग समिति डडेल्धुराको प्रशिक्षण सहयोगमा संचालन भएको सात दिवसिय शिविरमा प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेलेले उद्घाटन गर्दै बिभिन्न कारण र परिबन्धले बन्दीगृहमा रहेका कैदीबन्दीलाई योगले मानसिक चित्तबृत्ति सुधार गर्दै असल नागरिक भएर सजायमुक्त भई बाहिर निस्किन योगले टेवा पुर्याउने बताउनु भयो ।

पतंजली योग समिति सुदूरपश्चिम प्रदेशका उपसंयोजक गोबिन्द खडायत मुख्य प्रशिक्षक रहेको शिविरमा योगका ६० वटा बिधा तथा आध्यात्मिक सत्संगका बिबिध विषयसँगै अभ्यास, प्राणायामहरु सिकाईने प्रशिक्षक खडायतले बताउनु भएको छ ।

यस्तै ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसको दिन देखि डडेल्धुराको कीर्तिपुर स्थित पतंजली योग समिति, योग अभ्यास हलमा आगामी दशंै सम्मका लागि नियमित योग कक्षा संचालन पनि भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?