गुल्मी । गुल्मीमा विद्यार्थीका लागि उद्यमशीलता विकास सञ्चालन गरिएको छ । ‘सीप सिकौं : आत्मनिर्भर बनौं’ भन्ने मुख्य नारासहित तम्घासस्थित रेसुङ्गा बहुमुखी क्याम्पसका विद्यार्थीलाई घरेलु तथा साना उद्योग कार्यालयले उद्यमशीलता विकास तालिम प्रदान गर्ने भएको छ ।
विद्यार्थीलाई अध्ययन पश्चात् आफै स्वरोजगार बन्न सहयोग पुर्याउने उदेश्यले उद्यमशीलता विकास तालिम सञ्चालन गरिएको छ । यस क्याम्पसमा स्नातक तह चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई आफै विभिन्न पेशा, व्यवसाय र उद्यमशील बनी स्वरोजगार र आत्मनिर्भर बनाउन तालिम सञ्चालन गरिएको क्याम्पसप्रमुख हरिबहादुर खत्रीले बताउनुभयो ।
शैक्षिक प्रमाणपत्रको साथमा क्याम्पसबाट बाहिर जाँदा सिपयुक्त जनशक्ति उत्पादन गर्नका लागि समेत विद्यार्थीलाई उद्यमशीलता तालिम प्रदान गर्न लागिएको भन्दै उहाँले शिक्षालाई सीपमा र सीपलाई श्रममा परिणत गरि उद्यमशील सिर्जनामा उर्जा र उत्प्रेरणा प्रदान गर्ने बताउनुभयो । तालिमबाट विद्यार्थीहरुलाई शिक्षा, व्यावसाय, राजनीति लगायतका विभिन्न क्षेत्रमा नेतृत्व लिन सक्ने र उद्यमशील बन्न सक्ने बताउनुभयो ।
सहायक क्याम्पस प्रमुख गुणानिधि शर्मा, उपप्रध्यापक रामप्रसाद खनालले तालिमबाट विद्यार्थीहरुलाई अध्ययनपछि विदेशै जानुपर्छ भन्ने मोह र भावनालाई त्याग गरी स्वदेशमै केही गर्न उत्प्रेरणा मिल्न सक्ने बताउनुभयो । घरेलु तथा साना उद्योग कार्यालयका निमित्त कार्यालय प्रमुख माधवप्रसाद अर्यालले विद्यार्थीहरुका लागि उद्यमशील तालिम सात दिन सम्म सञ्चालन गरिने बताउनुभयो ।
तालिममा व्यवसायिक योजना, व्यवसाय सञ्चालनका अवसर र चुनौती, लागत र लाभ विश्लेषण, बैकिंङ सुविधाको उपयोग, ऋण लगानी र सफल उद्यमी तरिका लगायतका विषयहरुमा विद्यार्थीहरुलाई ज्ञान तथा सीप प्रदान गरिने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच