जिससमा पराजित भएपछि शाहीद्धारा राजीनामा

हिमालय टाइम्स
Read Time = 3 mins

परासी । पश्चिम नवलपरासीको बर्दघाट-९ बाट वडा सदस्यमा निर्वाचित बालिन्द्र विक्रम शाहीले राजीनामा दिनु भएको छ ।

बर्दघाट नगरपालिका वडा न‍-९ को वडा सदस्यमा निर्वाति शाहीले जिल्ला समन्वय समिति प्रमुख पदमा निर्वाचन लड्नु भएको थियो । शाही जिससमा पराजित भएपछि नैतिकताका आधारमा राजीनामा दिनुभएको हो ।

शाहीका अनुसार निर्वाचनको समयमा आम जनताहरू पार्टीको खोल ओढ्ने र एजेन्डा बोकी जनताबाट निर्वाचित भएका जनप्रतिनिधिहरू मतदाता रहेको सन्दर्भंमा आफू पराजित हुनु दुखत भएको बताउनु भयो । नवलपरासीको जिल्ला समन्वय समितिमा जम्मा १४ मत रहेको र नेपाली कांग्रेसले आफूलाई सर्वसम्मत टिकट दिई उम्मेदवार बनाउँदा समेत आफू पराजित हुँदा दुख लागेको बताउँदे उहाँले राजीनामा दिएको बताउनु भयो ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र समेतको गठबन्धन रहँदा गठबन्धनसँग ८ मत हुँदा समेत पराजय भोग्नु परेको उहाँले बताउनु भयो । यस्तो परिस्थितिमा पार्टीको सिपाही भई पार्टीको नीति र विधि विपरित मतदान गर्नेलाई छानबीन गरी दोषी माथि कारवाही होस् भनी नेपाली कांग्रेस पार्टीको जिल्ला अनुशासन समितिलाई उजुरी दिएपनि सुनुवाइ नभएको र चित्त बुझ्दो जवाफ नआएको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, 'जनताबाट प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिहरूमा नै राजनीतिक नैतिकता नदेखिएको यस परिस्थितिमा म वडा सदस्य पदमा बस्न मेरो नैतिकताले नदिने महसुस गर्दै यो राजीनामा पेश गरेको हुँ ।'

सम्पूर्ण वडावसीहरुलाई आभार प्रकट गर्दै उहाँले राजनीतिक नैतिकताको धार भन्दा बाहिर गएर समाजमा राम्रो संस्कार र सन्देश दिन नसकिने बताउनु भयो । उहाँले पदमा नभएपनि समग्र वडावासीलाई र बर्दघाट नगरवासीका हकहित र सामाजिक अभियानमा हातेमालो गर्ने बताउनु भयो ।

शाहीको राजीनामा आएको पुष्टि गर्दै वडा अध्यक्ष चन्द्रकान्त चापागाईंले विधि र कानुनी प्रक्रिया बुझेर मात्र राजीनामा स्वीकृत गर्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Kedarnath pokhrel
Kedarnath pokhrel
2022-07-01 2:58 pm

Sad

रिलेटेड न्युज

छुटाउनुभयो कि ?