तराईमा हुस्सु-कुहिरो, अन्यत्र मौसम सफा रहने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणाली छैन। शुक्रबार बिहान देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ। तराईका भू-भागहरूमा हुस्सु र कुहिरो लागेको छ।

आज दिउँसो प्रदेश नं १ र गण्डकी प्रदेशका भूभागहरूमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आज राति प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

तराईका भू-भागहरूमा बिहानीपख लागेको हुस्सु र कुहिरोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

यस्तै, शनिबार प्रदेश नं. १ र गण्डकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आइतबार भने प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?