काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि फागुन २२ गते दिउँसो ३ बजे बस्ने भएको छ ।
पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको छ ।
सत्ता समीकरणमा फेरबदल आएसँगै आज कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसेको थियो । देउवा निवास बूढानीलकण्ठमा भएको बैठकमा समसायिक राजनीतिक परिघटनाका बारेमा छलफल भएको थियो ।
साथै बैठकमा मन्त्रीहरुको राजीनामा र सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल भएको थियो । तर प्रधानमन्त्रीले गठबन्धनको औपचारिक बैठक पनि नराखेको र मन्त्रीहरुको राजीनामा पनि नमागेकाले यसबारे हतारमा निर्णय नगर्ने सहमति भएको एक नेताले बताए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच