गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका लागि ठेक्का आह्वान

हिमालय टाइम्स
Read Time = 1 min

चितवन । भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाकाे थप पूर्वाधार निर्माणका लागि ठेक्का आह्वान गरेको छ ।

निर्माण अलपत्र परेको रंगशालामा पहिलो चरणको काम गर्न महानगरले ठेक्का आह्वान गरिएको हो। ठेक्का आह्वानको म्याद एक महिना राखिएको छ ।

महानगर र बागमती प्रदेश सरकारको लागत साझेदारीमा रंगशालाको बाँकी काम अगाडि बढाउन लागिएको हो ।

धुर्मुस सुन्तली फाउण्डेशनले जनस्तरबाट सहयोग जुटाएर निर्माण गरिरहेको रंगशालाको लागि आर्थिक अभाव भएपछि रंगशालाको काम रोकिएको थियो ।

फाउण्डेशनले निर्माण सामाग्रीको करिब १८ करोड रूपैयाँ उधारो रहेको बताएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?