![पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, तीन प्रदेशमा हल्का वर्षाको सम्भावना](https://ehimalayatimes.com/wp-content/uploads/2022/04/Mausam-Badal-Pani-weather-Hita-2.jpg)
काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले शेफिल्ड युनाइटेडलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले शेफिल्डलाई ६–० गोल अन्तरले पराजित गरेको हो ।
आर्सनलको जितमा मार्टिन ओडेगार्ड, गाब्रियल मार्टिनेली, काइ हाभेर्ट, डेकन राइस र बेन ह्वाइटले एक एक गोल गर्नुभयो । त्यस्तै एक गोल शेफिल्डका जयडेन बोगीले आत्मघाती गोल गर्नुभएको थियो
यो जितपछि आर्सनलको २७ खेलमा ६१ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । आर्सनल दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी भन्दा एक अंकले र शिर्ष स्थानमा रहेको लिभरपुल भन्दा २ अंकले पछाडी रहेको छ ।
त्यसैगरी शेफिल्ड युनाइटेडको भने यस सिजनमा यो २०औं हार हो । २७ खेलमा १३ अंक मात्र रहेको शेफिल्ड लिगको पुछारमा रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच