मञ्जुश्रीको १५ औँ वार्षिक साधारणसभा

Read Time = 1 min

काठमाडौं । मञ्जुश्री फाइनान्सको १५औँ वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ असारको वासलात एवं आव २०७८/०७९ को नाफानोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरण पारित गरेको छ ।

केन्द्रीय कार्यालयसहित २७ शाखा रहेको कम्पनीले २०७९ मंसिरसम्ममा एक अर्ब ३५ करोड चुक्ता पुँजी कायम गरी ५० करोड डिबेन्चर जारी गरेको छ । सो अवधिमा १२ अर्ब ४६ करोड रुपैयाँ निक्षेप संकलन गरी ११ अर्ब ५० करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । कम्पनीले रेमिट्यान्स, मोबाइल बैंकिङ, अनलाइन खाता र एटिएमलगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा प्रदान गर्दै आएको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?