सुस्तामा ४० लाखको अबैध केराउ र चिनी बरामद

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 1 min

नवलपरासी । सुस्ता गाउँपालिका वडा नम्बर १ बरुवाबाट भारतबाट भन्सार छली गरेर ल्याई लुकाई राखेको करिब ४० लाख मुल्य बराबरको केराउ र चिनी शसस्त्र प्रहरीले बरामद गरेको छ ।

सोमबार बेलुका करिब १ हजार ७ सय बोरा हरियो केराउ र १ सय ५७ बोरा चिनी शसस्त्रले बरामद गरेको हो । शसस्त्र प्रहरी बलका प्रहरी उपरिक्षक प्रकाश वाग्लेले सुस्ता १ बरुवा निवासी श्याम भनीने ज्ञान प्रसाद अर्यालको घर पछाडी रहेको गोदामबाट उक्त परिमाणको सामग्रीहरु बरामद गरिएको जानकारी दिनुभयो ।

त्यस क्षेत्रमा त्यस्ता सामानहरु भण्डारण गरिने सुचनाको आधारमा जाचबुझ गर्दा उक्त परिमाणको सामाग्रीहरु भेटिएको एस.पी. वाग्लेले बताउनुभयो ।

सामग्रीको एकिन परिमाण र मुल्य मंगलबार भन्सार कार्यालयमा दाखिला गरेपछि पत्ता लाग्ने शसस्त्रले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?