प्याब्सन दाङले गरेकाे जिल्ला स्तरीय हाजिरी जवाफमा गुरुकुल एकेडेमी प्रथम

विवेक खड्का दाङ, संवाददाता
Read Time = 3 mins

दाङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङको आयोजनामा भएको जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा सम्पन्न भएको छ । प्रतियोगितामा मावि तहका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा गुरुकुल एकेडेमीका शुभम पोख्रेल, सुप्रिया थापा र सुलभ अनाल प्रथम हुनुभएको छ। जनज्योति विद्यामन्दिरका पस्तुती गौतम, प्रतीक जिसी र सुगम रेग्मी द्वितीय हुनुभएको छ। ज्ञानज्योति एजुकेसन एकेडेमीका आशिष केसी, आशिका गिरी र अनुराज बिक तृतीय हुनुभएको छ।

कार्यक्रममा ३८ वटा विद्यालय सहभागी भएका थिए । कार्यक्रम दुई चरणमा भएको थियो । पहिलो चरणमा सहभागी विद्यालयहरुलाई चार समूहमा विभाजन गरिएको थियो । पहिलो चरणमका प्रत्येक समूहबाट प्रथम र द्वितीय गरी आठ विद्यालयका सहभागी अन्तिम चरणमा सहभागी भएका थिए । अन्तिम चरणमा ज्ञानज्योति एजुकेसनल एकेडेमी, जनज्योति विद्यामन्दिर, बात्सायन मावि, अमर इङ्लिस सेकेन्डरी स्कुल, भ्याली टप इङ्लिस बोर्डिङ स्कुल, गुरुकुल एकेडेमी, लिटिल भ्याली बालबाटिका र अन्नपूर्ण मावि सहभागी भएका थिए ।
पहिलो चरणमा क्विज मास्टरका रुपमा पदम गिरी, राजेन्द्र चन्द, कोमल आचार्य र एकराज यादव रहनुभ भएको थियोे भने अन्तिम चरणको क्विज मास्टरका रुपमा पदम गिरीले भूमिका निभाउनु भयो।

कार्यक्रमको उद्घाटन प्याब्सन दाङका अध्यक्ष मधुसुदन केसीको अध्यक्षता तथा प्याब्सन केन्द्रीय कार्यसमितिका सचिव यादव गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । प्रमुख अतिथि गिरीले प्याब्सनले विगतदेखि विद्यार्थी केन्द्रित कार्यक्रम गर्दै आएको र हाजिरी जवाफ कार्यक्रमलाई बौद्धिक क्षमतासँग जोड्दै ल्याउने कार्यक्रम भएकाले यस्ता कार्यक्रमको अपरिहार्यता रहेको बताउनुभयो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?