धनगढी । सुदूरपश्चिम प्रदेशस्तरीय १४औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कैलाली विजयी भएको छ । धनगढी रंगशालामा सम्पन्न भएको प्रतियोगितामा कैलाली ६४ पदकसहित विजयी भएको हो । कैलालीले ३१ स्वर्ण, १८ रजत र १५ कांस्यसहित ६४ पदक ल्याएर उपाधि जित्न सफल भएको छ । यस्तै, कञ्चनपुर दोस्रो र डडेल्धुरा तेस्रो भएका छन् ।
क्ञ्चनपुरले १९ स्वर्ण, १८ रजत र १५ कांस्य गरी ५२ पदक र डडेल्धुराले ७ स्वर्ण, १० रजत र १६ कांस्य गरी ३३ पदकसहित तृतीय भएको हो ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय जिल्लालाई सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य–सचिव दीपकबहादुर सिंहले नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
प्रतियोगितामा सहभागी अन्य बैतडीले ५ स्वर्ण, २ रजत र १० कांस्य गरी १७ पदक, बझाङले २ स्वर्ण, ४ रजत र १३ कांस्य गरी १९ पदक, बाजुराले १ स्वर्ण, ६ रजत र १३ कांस्य गरी २०, अछामले १ स्वर्ण, १ रजत र ६ कांस्य गरी ८, दार्चुलाले ४ रजत र ३ कांस्य गरी ७, र डोटीले ३ रजत र ८ कांस्य गरी ११ पदक जितेका छन् ।
प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो र कराँते विधामा प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीहरूमध्येबाट केन्द्रमा हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी गराइने प्रदेश खेलकुद परिषद्ले जनाएको छ । विगत चार वर्षदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कैलालीले जित्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच