काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको पाँचौँ प्रतियोगिता, सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन एमेच्योर गल्फर सद्भाव आचार्य एक स्ट्रोकको अग्रतासहित शीषस्थानमा उक्लन सफल हुनुभएको छ । डिफेन्डिङ च्याम्पियन सद्भावले आज १-अण्डर ६७ को स्कोर दर्ज गर्दा समग्रमा ३-अण्डर १३३ सहित प्रोफेसनल गल्फर धनबहादुर थापालाई एक स्ट्रोकले पछि पार्नुभएको हो । १-अण्डर ६७ सहित समग्रमा २-अण्डर १३४ सहित धन दोस्रो स्थानमा उक्लिनुभयो ।
पूर्व नम्बर एक गल्फर रवि खड्का र पहिलो दिनका लिडर रामे मगरले समग्रमा १-अण्डर ३५ को नतिजामा संयुक्तरूपमा तेस्रो स्थान बाँड्नुभयो । रविले २-अण्डर ६६ र रामेले २-ओभर ७० मा दोस्रो दिनको खेल सक्नुभयो । २-अण्डर ६६ स्कोर गर्नुभएका दिनेश प्रजापती समग्रमा इभन-पार १३६ सहित पाँचौँ स्थानमा रहनुभएको छ । समग्रमा २-ओभर १३८ सहित जयराम श्रेष्ठ र भुवन नगरकोटीले छैटौँ स्थान बाँड्नुभयो । जयरामले १-अण्डर ६७ र भुवनले ३-ओभर ७१ मा आजको खेल सक्नुभयो । ३-ओभरको खराब प्रदर्शनमा भुवन तेस्रो स्थानबाट छैटौँ स्थानमा तल झर्नुभयो ।
यसैगरी ३-ओभर १३९ स्कोरमा सञ्जय लामा, दीपक थापा र सूर्यप्रसाद शर्मा संयुक्तरूपमा आठौँ स्थानमा रहनुभयो । सञ्जयले दोस्रो दिनको उत्कृष्ट कार्ड बनाउँदै ३-अण्डर ६५ मा खेल सक्नुभयो । दीपकले इभन-पार ६८ र सूर्यले १-ओभर ६९ को स्कोर दर्ज गर्नुभयो ।
एमेच्योरतर्फ टासी छिरिङ र राहुल विके समग्रमा ६-ओभर १४२ सहित संयुक्तरूपमा दोस्रो स्थानमा हुनुहुन्छ । दुवैले ३-ओभर ७१ को स्कोर बनाउनुभयो । उहाँहरू लिडर सद्भावभन्दा नौ स्ट्रोकले पछि रहनुभएको छ ।
३६ होलको समाप्तिमा १९-ओभर १५५ सम्म स्कोर गर्नुभएका २१ प्रोफेसनल र ३ एमेच्योर गरी कुल २४ जनाले कट बनाउनुभएको छ । कृष्णमान राजबाहक, रामकृष्ण श्रेष्ठ, रमेश अधिकारी, विष्णुप्रसाद शर्मा, प्रदीपकुमार लामा, टंकबहादुर कार्की, भुवनकुमार रोक्का, वसन्तराज गुरुङ, पशुपति शर्मा, ध्रुव केसी, किसन कालीराज सुनार र विकास अधिकारीले अन्तिम ३६ होलका लागि स्थान सुरक्षित गर्नुभएको छ ।
उपाधि रक्षा गर्ने कोसिसमा रहनुभएका युवा एमेच्योर सद्भावले फ्रन्ट नाइन १-ओभर ३५ मा सक्नुभयो । पहिलो र चौथो होलमा बर्डी प्रहार गर्नुभयो । तर, पाँचौँ होलमा डबल बोगी र सातौँ होलमा बोगीको सामना गर्नुभयो । सद्भावले ब्याक नाइन भने २-अण्डर ३२ मा पूरा गर्नुभयो । ५-पारको १०औँ होलमा इगलको सफलता प्राप्त गर्दा ११औँ होलमा बर्डी प्रहार गर्नुभयो । १४औँ होलमा भने एक सट खेर फाल्नुभयो ।
धनले दोस्रो होलको बोगीका विरूद्ध तेस्रो र पाँचौँ होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन १-अण्डर मा सक्नुभयो । यसपछि १२औँ होलमा बोगी र १३औँ होलको बर्डीले ब्याक नाइनमा इभन-पार ३४ को स्कोर निकाल्नुभयो ।
दोस्रो र चौथो होलको बर्डीमा रविले फ्रन्ट नाइन २-अण्डर ३२ मा पूरा गर्नुभयो । यसपछि १५औँ होलमा एक सट खेर फाल्दा १८औँ होलको बर्डीले ब्याक नाइन इभन-पार ३४ मा सक्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच