गाजामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या ३० हजार ६३१ पुग्यो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । जारी इजरायली आक्रमणबाट गाजा पट्टीमा प्यालेस्टाइनीको मृत्यु हुने संख्या ३० हजार ६३१ पुगेको हमासको स्वास्थ्य मन्त्रालयले मंगलवार साँझ जनाएको छ ।

मन्त्रालयले विगत २४ घण्टामा इजरायली सेनाले ९७ जनाको ज्यान लिनुका साथै १२३ जनालाई घाइते बनाएको र यसबाट कुल मृत्यु हुनेको संख्या ३० हजार ६३१ र घाइतेको सङ्ख्या ७२ हजार ४३ पुगेको जनाएको छ ।

बमबारी र नागरिक सुरक्षा र एम्बुलेन्स टोलीको अभावमा केही पीडितहरू भग्नावशेषमुनि रहेको बताइएको छ । प्यालेस्टाइनी विदेश मन्त्रालयले द्वन्द्वको निरन्तरताका कारण तटीय एन्क्लेभमा मानवीय संकट गहिरिँदै गएको चेतावनी दिएको छ ।

सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?