जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

कास्की । पोखरा महानगरपालिका-८ पृथ्वी चोकस्थित होटल प्यालेसमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१७ छोरेपाटन बस्ने स्याङजा पुतलीबजार नगरपालिका-८ घर भएका ५२ वर्षीय नारायण राना समेत ७ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९८ हजार ६ सय २५ रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?