काठमाडौं । नयाँ सत्तागठबन्धनका चार दलबीच कसले कति मन्त्रालय पाउने भन्ने टुंगो लागेको छ ।
प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको चारदलीय कार्यदलले मन्त्रालयको संख्या टुंगो लगाएको हो ।
सहमति अनुसार एमालेले आठ, माओवादीले पाँच, रास्वपाले चार र जसपालाई दुई मन्त्रालय दिन निश्चित भएको छ । बाँकी मन्त्रालय अन्य साना दललाई दिने सहमति भएको छ ।
यता राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने चार मन्त्रालय र मन्त्रीको टुंगो लागेको छ । रास्वपा अध्यक्ष रवि लामिछाने गृहमन्त्री बन्ने हुनुभएको छ ।
आज बसेको कार्यदलको बैठकले रास्वपालाई गृहसहित श्रम, युवा तथा खेलकुद र शिक्षा मन्त्रालय दिने टुंग्याएको स्रोतले बतायो । श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको हो । अर्यालले शपथ लिइसक्नुभएको छ ।
माओवादीबाट नारायणकाजी श्रेष्ठले परराष्ट्र र वर्षमान पुनले अर्थमन्त्रीको रूपमा जिम्मेवारी पाउने निश्चित बनेको छ ।
यस्तै एमालेबाट रघुवीर महासेठ भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्ने तय भएको छ । एमाले महासेठकै नेतृत्वमा सरकारमा सहभागी हुन लागेको हो । एमालेले अन्य मन्त्री टुंग्याइसकेको छैन । यसअघि एमालेबाट पदम गिरीले शपथ लिइसक्नु भएको छ ।
यता सत्तारुढ अर्को दल जनता समाजवादी पार्टी ९जसपा० ले गठबन्धन बैठकमा पार्टीका तर्फबाट मन्त्री हुनेहरूको नाम दिएको छैन।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच