काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीका एक स्थायी शिक्षकविरुद्ध मुद्दा दायर गरेको छ ।
श्री केरवानी माध्यमिक विद्यालयका स्थायी शिक्षक दुर्गादत्त शर्माविरुद्ध अख्तियारले बुधवार शैक्षिक योग्यताको नक्कली प्रमाण-पत्रसम्बन्धी आरोपमा विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार देवदह नगरपालिका वडा नम्बर– ५ मा सञ्चालित उक्त विद्यालयका शिक्षक शर्माले स्नातकोत्तर (एमए) तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी देवदह आदर्श बहुमुखी क्याम्पसको सहायक प्राध्यापक पदमा नियुक्ति लिएर कार्यरत रहँदै आएका थिए ।
शिक्षक शर्माले भारतको गोरखपुर विश्वविद्यालयबाट नक्कली शैक्षिक लब्धाङ्क पत्र र प्रमाणपत्र ल्याएको पाइएको अख्तियारका प्रवक्ता धिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच