काँग्रेस संसदीय दलको बैठक शुरु

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली काँग्रेसको संसदीय दलको बैठक शुरु भएको छ ।

बैठक आज बिहान १० बजेबाट संसद भवनको ल्होत्से हलमा शुरु भएको हो । सत्ताबाट बाहिरिएपछि काँग्रेसको संसदीय दलको यो पहिलो बैठकसमेत हो ।

काँग्रेसले संसदमा अबका दिनमा प्रश्तुत हुने विषयमा पार्टीका सांसदहरुलाई प्रशिक्षण दिने बताइएको छ ।

सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे संसदमा कसरी प्रश्तुत हुने भन्ने बारेमा सांसदहरुलाई प्रशिक्षण दिइने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?