काठमाडौं । बाराको पचरौता नगरपालिका वडा नं. ४ का वडाध्यक्ष कन्हैयालाल यादवसहित ४ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
उनीहरूविरुद्ध बिहीवार विशेष अदालतमा गैरकानूनी लाभ तथा हानी पुर्याएर भ्रष्टाचार गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
वडाध्यक्ष यादवले सडकबाटोले छोएको जग्गालाई कुनै पनि किसिमको बाटोले नछोएको खेतीयोग्य जमिन भनेर सिफारिस गराइ पुँजीगत लाभकर एवं रजिष्ट्रेसन शुल्कबापतको राजस्व सरकारलाई नबुझाएको आरोप अख्तियारले लगाएको छ ।
‘कुनै पनि किसिमको बाटोले नछोएको खेतीयोग्य जमिन भनी गलत घरबाटो सिफारिस गरी–गराइ बिक्रीकर्ता र खरिदकर्ताले तिर्नुपर्ने पुँजीगत लाभकर एवं रजिस्ट्रेसन शुल्कबापतको राजस्व रकम ८ लाख ११ हजार ९५१ रुपैयाँ राजश्व हिनामिना भएको पाइएको छ, ।’ अभियोगपत्रमा उल्लेख छ ।
जग्गा बिक्रीकर्ता विद्या यादव, जग्गा खरिदकर्ता बृजकिशोरप्रसाद यादव र अवधकिशोरप्रसाद यादवविरुद्ध पनि मुद्दा दायर भएको विज्ञप्तिमा जनाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच