समुद्रतटमा बोल्ड मौनी

Read Time = 2 mins

मुम्बई । अभिनेत्री मौनी रोयले समुद्र किनारमा खिचिएका आकर्षक र बोल्ड तस्वीर सार्वजनिक गर्नुभएको छ । उहाँलाई टिभीको सबैभन्दा सुन्दर र गोर्जियस अभिनेत्रीका रूपमा हेर्ने गरिन्छ । यि अभिनेत्रीले बोल्ड, सिजलिंग स्टाइल र फेसन सेन्सले फ्यानको मन जित्न सफल हुनुभएको छ । उहाँको आकर्षक लुक्सले धेरैलाई मोहित तुल्याउछ ।

सार्वजनिक भएका तस्वीरहरूमा मौनीले प्रिन्टेड बिकिनी लगाउनुभएको छ । समुद्र किनारमा रमाइलो गर्दै मोनीले बिकिनी पोज दिनुभएको छ । न्यूड लिपस्टिक र मेकअपमा अभिनेत्रीको स्टाइल हेर्न लायक छ । मौनीले सनग्लास र हावामा उड्ने खुला कपालमा आफ्नो लुक पूरा गर्नुभएको छ । समुद्रको मनमोहक दृश्यहरूले अभिनेत्रीको तस्वीरमा अझ आकर्षण थपिएको छ । सामाजिक सञ्जालमा उहाँको यो बोल्ड लुकलाई फ्यानले निकै रुचाइरहेका छन् ।

मौनी पछिल्लोपटक अयान मुखर्जीको चलचित्र ‘ब्रह्मास्त्र’ मा देखिनुभएको थियो । यस चलचित्रमा उहाँको क्यारेक्टरको नाम ‘जुनून’ थियो जसले दर्शकको निकै ताली पनि पाएको थियो । यसबाहेक उहाँ छिट्टै निर्देशक सिद्धान्त सचदेवको चलचित्र ‘द भर्जिन ट्री’ मा देखिँदै हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?