काठमाडौं । कीर्तिमानी पर्वतारोही स्वर्गीय बाबुछिरी शेर्पाको स्मृतिमा ‘स्वर्गीय बाबुछिरी शेर्पा स्मारक ओपन स्पोर्ट्स क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ । बौद्धस्थित क्रिम्पान्जी एडभेन्चर हबमा बिहीबार पत्रकार सम्मेलन गर्दै आयोजकले चैत १ गते प्रतियोगिता हुने जनाएको हो ।
पर्वतीय खेलकुद संघ र सगरमाथा आरोही संघले संयुक्तरूपमा प्रतियोगिता आयोजना गर्ने पर्वतीय खेलकुद संघका अध्यक्ष ङवाङ नीमा शेर्पाले बताउनुभयो । प्रतियोगितामार्फत् साहसिक खेलकुद उद्योगमा सकारात्मक प्रभाव पार्ने तथा सहभागीका कारण नेपालमा खेलकुद आरोहण विकासको अनुभव बढाउने अपेक्षा गरिएको छ । अल्पाइन स्पोर्ट संघ-नर्थ अमेरिका-नेपालसमेत गठन भएको जानकारी गराउँदै साहसिक पर्वतीय खेलकुदलाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले न्युयोर्कमा पर्वतीय खेलकुद संघ गठन गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा सगरमाथा आरोही संघकी अध्यक्ष माया शेर्पाले ‘स्वर्गीय बाबुछिरी शेर्पा’ विश्व कीर्तिमानी आरोही भएकाले योगदान स्मरणीय हुनुपर्ने बताउनुभयो । ‘बाबुछिरी शेर्पाको शालिक र संग्रहालय बनाउन संघका पूर्व अध्यक्षलगायतको योगदान भएकाले हालसम्म संघले नै रेखदेख गर्दै आएको उहाँले जानकारी दिनुभयो । प्रतियोगितालाई नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघले प्राविधिक सहयोग प्रदान गर्नेछ । पुरुष र महिलाबीच छुट्टाछुट्टै आयोजना हुने प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः नगद पुरस्कार ५० हजार, ३० हजार र १५ हजार पाउनेछन् । १०औँ पटकसम्म सगरमाथा आरोहण गर्नुहुने स्वर्गीय शेर्पा हिमालका सबैभन्दा बलिया आरोही एवं विश्वका प्रसिद्ध पर्वतारोहीका रूपमा चिनिनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच