म्याग्दी । म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटमा अवस्थित बुद्ध एकेडेमीको १७ औं वार्षिकोत्सव एवम् अभिभावक भेला सम्पन्न भएको छ ।
‘सम्येक सक्षमताका लागि शिक्षा’ भन्ने मूलमन्त्र सहित २०६३ सालमा स्थापित भएको विद्यालय प्राथमिक तहमा मगर भाषाको कक्षा संचालन गरेको जिल्लाकै पहिलो विद्यालय समेत हो ।
२०७६ सालमा कोटखोलामा आएको भीषण बाढीले विद्यालयको भौतिक संरचनामा ठूला क्षति पु-याएपछि पुनः निर्माण गरी संचालन हुँदै आएको यस विद्यालयमा कक्षा १० सम्म पठन पाठन हुँदै आएको छ ।
स्थानपनाकालदेखि नै गुणात्मक शिक्षालाई जोड दिँदै आएको यस विद्यालयमा तीन दिनसम्म खेलकुद लगाएतका विविध कार्यक्रमहरुको आयोजना गरी वार्षिकोत्सव समारोहको समापन गरेको हो ।
वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै प्याब्सन म्याग्दीका अध्यक्ष हिरा पुनले शिक्षा र स्वास्थ्यमा जति लगानी गरेपनि त्यो लगानी खेर नजाने हुँदा लगानी वृद्धिगर्दै गुणस्तरीय र जीवनोपयोगी शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।
शैक्षिक विकास र दक्ष जनशक्ति उत्पादनका लागि नीजि विद्यालयहरुको महत्वपूर्ण भूमिका रहेको बताउँदै राज्यले नीजि विद्यालयहरुलाई सौतिलो व्यवहार नगरी सहयोगि भूमिका निर्वाहा गर्न उहाँले आग्रह गर्नुभयो । कार्यक्रमका वक्ताहरुले बुद्ध एकेडेमीले शैक्षिक र सामाजिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै यस्तै गतिविधिलाई निरन्तरता दिन आग्रह गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल थमबहादुर रोकाले अतिथी एवम् उपस्थित अभिभावकहरुलाई स्वागत गर्दै गुणस्तरीय शिक्षा र अनुशासनमा विद्यालयले कसैसंग कुनै किसिमको सम्झौता नगर्ने र बुद्ध एकेडेमीलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
खिमीसरा गुरुङको स्वागत मन्तव्य रहेको कार्यक्रममा विभिन्न शिक्षक, अभिभावक र विद्यार्थीहरुका छुट्टाछुट्टै खेलकुद प्रतियोगिताका विजयी एवं विद्यालयका विभिन्न आन्तरिक प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कार वितरण गरियो । कार्यत्रममा अभिभावक तथा विद्यार्थीहरुले विविध साँस्कृतिक कार्यक्रम प्रर्दशन गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच