काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ।
केन्द्रीय कमिटीको बैठक फागुन २८ गते सोमबार मध्याह्न साढे १२ बजे पार्टी कार्यालय चःमतिमा बस्ने महामन्त्री मुकुल ढकालले जानकारी दिनुभयो ।
रास्वपाले सरकारमा सहभागी भइसकेपछि त्यसबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको हो ।
उहाँका अनुसार उपनिर्वाचनका लागि दल दर्ता र इलाम क्षेत्र नम्बर २ को निर्वाचनको तयारीका लागि रास्वपाको केन्द्रीय कमिटीको बैठक बोलाइएको हो।
प्रतिनिधि सभाको निर्वाचनका लागि भने रास्वपाले पार्टी कमिटी परिचालन गरिसकेको छ। यसअघि बसेको सचिवालय बैठकले इलाम क्षेत्र नम्बर २ को चुनावी कमान्डरका रूपमा पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई पठाउने निर्णय गरिसकेको छ।
नेकपा (एमाले) का सांसद सुवास नेम्वाङको गत भदौ २६ गते हृदयघातका कारण निधन भएपछि इलाम क्षेत्र नम्बर २ रिक्त भएको हो।
एमाले-माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतको गठबन्धन बनेपछि २३ फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको छ । गृहमन्त्रालयसहित रास्वपाका चार जना नयाँ मन्त्रिपरिषद्मा सामेल छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच