काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सम्मेलनका लागि सरकारले कानूनमा रहेका समस्याहरुलाई फास्ट ट्रयाकबाट सम्बोधन गर्नुपर्ने जरुरी रहेको बताउनुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित नेपाल तयारी पोशाक उद्योग संघको २९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेका कानूनहरुमा रहेका त्रुटीहरु, कानूनमा रहेका समस्याहरुलाई फास्ट ट्रयाकबाट चाँडो भन्दा चाँडो त्यसलाई सम्बोधन गर्नु नै लगानी सम्मेलनका लागि फाइदाजनक रहेको बताउनु भयो ।
उहाँले लगानीमैत्री वातावरणको पहिलो आधार भनेको विद्यमान कानूनहरुमा सुधार र संशोधन गर्नुपर्ने रहेको बताउनु भयो । उहाँले निजी क्षेत्र उत्साहीत नभएसम्म र निजी क्षेत्रलाई प्रोत्साहित गर्न नसकेसम्म लगानीमैत्री वातावरण बन्न नसक्ने बताउनु भयो । उहाँले लगानीमैत्री वातावरण सिर्जना गर्न सरकार तयार रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘मुलतः नीतिका प्रश्नमा जे खालका समस्या छन्, समयानुकलु, हिजोको भन्दा परिष्कृत र परिवर्तित हिजो एउटा परिवेश थियो, आज अर्को छ । हामी नयाँ परिवेशमा कतिपय कानूनहरु अहिलेको गतिमा त्यो उपयुक्त नहुन सक्छ । अहिले पनि सरकारले नयाँ लगानी सम्मेलनको तयारी, त्यसका लागि आवश्यक कानून निर्माण गर्नुपर्नेछ । अहिलेका हाम्रा कानूनहरुमा रहेका त्रुटीहरु, कानूनमा रहेका समस्याहरुलाई फास्ट ट्रयाकबाट चाँडो भन्दा चाँडो त्यसलाई सम्बोधन गर्नुपर्नेछ । हामी भन्छौँ, लगानीमैत्री वातावरण बनाउनुपर्छ । लगानीमैत्री वातावरणको पहिलो आधार अहिले हामीले हाम्रा विद्यमान कानूनहरुमा हामीले सुधार ल्याउनुपर्नेछ । संशोधन ल्याउनुपर्नेछ । ताकी लगानी गर्ने उपयुक्त वातावरण बन्न सकोस् । त्यसमा पहिलो कुरा त निजी क्षेत्र जबसम्म उत्साहीत हुँदैन, जबसम्म निजी क्षेत्रलाई प्रोत्साहित गर्न सकिँदैन, यो सरकार मेरो हो, यहाँ मैले मेरो लगानी ढुक्कले गर्न पाउँछु, त्यसको प्रतिफल पाइन्छ, राज्यका सहुलियतका लागि राज्य तत्पर र तयार छ, त्यो खालको अझै वातावरण बन्न नसकेको स्थिति छ । त्यो वातावरण निर्माण गर्न अहिलेको सरकार तयार छ ।’
मन्त्री भण्डारीले नेपाली बजार र नेपालको उद्योग क्षेत्रमा आज पनि धेरै अभावहरु कायम रहेको जिकिर गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच