![प्रधानमन्त्रीसँग चिनियाँ उपविदेशमन्त्रीको भेट : द्विपक्षीय हित र आपसी चासोका विषयमा छलफल](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/pm-and-chinies-bidesh-manri.jpg)
सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सन्त नेता कृष्णप्रसाद भट्टराईको जीवनबाट सबैले प्रेरणा लिनुपर्ने बताउनुभएको छ ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रदेश पार्टी कार्यसमितिले निर्माण गर्न लागेको सन्त नेता कृष्णप्रसाद भट्टराई स्मृति भवनको आज शिलान्यास गर्दै उपसभापति खड्काले किसुनजीको आदर्श, निष्ठा, अनुशासन र आम नेपाली जनताप्रति समर्पित र अनुशासित हुने व्यवहारको अनुसरण गर्नुपर्ने बताउनुभएको उहाँको सचिवालयले जनाएको छ ।
“सामाजिक र राजनीतिक जीवनमा समर्पित भएका मानिसहरुको जीवनपद्धति कस्तो हुनुपर्दछ, उनीहरुको आचार र विचार कस्तो हुनुपर्दछ भन्ने कुरा पार्टीका संस्थापकमध्येका एक सन्त नेता किशुनजीबाट हामीले सिक्नु आवश्यक छ”, उहाँले भन्नुभयो । मुलुकको जिम्मेवारी लिँदा कसरी जनताप्रति समर्पित भएर काम गर्नु पर्दछ भन्ने अनुपम, अनुकरणीय उदाहरण किसुनजीले दिएर जानुभएको उहाँको भनाइ छ ।
उपसभापति खड्काले राजनीतिक जीवनको अधिकांश समय आफूले सन्त नेताकै शिक्षा दीक्षामा जोडिन पाएको खुसी व्यक्त गर्नुभयो । “उहाँकै नाममा भवन निर्माणको सुरुवात गरेको छ”, उहाँले भन्नुभयो, “कर्णाली प्रदेशको सिङ्गो पार्टी सञ्चालन गर्न र जनताप्रतिको उत्तरदायी हुन यो शुभ अवसरले प्रेरणा दिनेछ ।”
रासस
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच