काठमाडौं । आयोजक कोटेश्वर तेक्वान्दो डोजाङका इमोन राणाले प्रथम योङ स्टार खुला तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जित्नुभएको छ । पुरुष ३८ केजीमुनि फाइनलमा इमोनले नेप्लिज तेक्वान्दो एकेडेमी (एनटिए) का भिजन तामाङलाई पराजित गर्नुभयो । बाल गीताञ्जलीका प्रवीण श्रेष्ठ र कोटेश्वरका राकेश सुनार तेस्रो हुनुभयो ।
योङ स्टार ग्रुप सह-आयोजक रहेको प्रतियोगिताको पुरुष २२ केजीमुनि सिन्धुपाल्चोकका कुशल नेपाली, २५ केजीमुनि मध्यपुरका समुन्द्र गिरी, २८ केजीमुनि क्षेत्रपालका अभिनव बोहरा र ३४ केजीमुनि क्षेत्रपालकै निर्मल पाण्डे पहिलो हुनुभयो ।
महिला २२ केजीमुनि सुन्दरीमाईकी पुनम घिमिरे, २० केजीमुनि चन्द्रागिरिकी रेया बोहरा, २५ केजीमुनि कोटेश्वरकी हृदयानी बस्नेत र २८ केजीमुनि चन्द्रागिरिकी युकी तामाङले पहिलो स्थान हात पार्नुभयो ।
एकल पुम्सेअन्तर्गत यू-१७ को पुरुषमा चन्द्रागिरिका सुजल कार्की र महिलामा चन्द्रागिरिकी सुविना तामाङ तथा १७ वर्षमाथि पुरुषमा जगत्बहादुरका सुदीप परियार र महिलामा कोटेश्वरकी सन्ध्या लामाले स्वर्ण चुम्नुभयो । पहिलो दिनका पदक विजेतालाई पूर्वसांसद सीता लामा, नवौँ दक्षिण एसियाली खेलकुदका स्वर्णधारी निर्मल श्रेष्ठ र निराजन श्रेष्ठ, ऊर्जा मन्त्रालयका उपसचिव रामगोपाल लगेजुलगायतले पुरस्कृत गर्नुभयो ।
आयोजकका अनुसार प्रतियोगितामा ६ सयभन्दा बढी खेलाडी सहभागी छन् । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच