बसले किच्दा १५ महिने बालकको मृत्यु

सांकेतिक तस्बिर

Read Time = 1 min

काठमाडौं । बुटवलमा बसले किच्दा १५ महिने बालकको मृत्यु भएको छ । आइतबार बुटवल(११ मझुवामा बसले किच्दा बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय गोविन्द खत्रीका छोरा बिहानी रहेका छन् ।

गम्भीर घाइते भएका बालकको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । हाल बससहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?