भारतसँग प्रतिस्पर्धा गर्दै नेपाली महिला क्रिकेट टोली

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली महिला क्रिकेट टोली आज भारतसँग प्रतिस्पर्धामा उत्रदैछ ।

एसिसी वुमन्स इमर्जिङ टिम्स एसिया कप टि २० प्रतियोगिताअन्र्तगत नेपाल आज भारत ‘ए’ सँग खेल्दैछ ।

आज हुने सो खेल नेपाली समय अनुसार बिहान ११ः १५ बाट सुरु हुनेछ । सो खेल हङकङको मोंग कोकमा हुनेछ ।

पहिलो खेलमा पाकिस्तानसँग ९ रनले पराजित नेपाली महिला क्रिकेट टोली आज हुने दोस्रो खेलमा भने जीतका लागि मैदानमा उत्रदैछ ।

उता भारत भने पहिलो खेलमा हङकङलाई ९ विकेटले हराएर नेपालसँग प्रतिस्पर्धा गर्न आईपुगेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?