राष्ट्रिय प्रजातन्त्र पार्टी सिद्धार्थ नगर सभापति श्रेष्ठ कांग्रेस प्रवेश

Read Time = 2 mins

रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाका) सिद्धार्थनगर नगरपालिका नगर सभापति ई चन्द्रभक्त श्रेष्ठ नेपाली काङ्ग्रेस प्रवेश गर्नुभएको छ ।

शुक्रबार बिहान काङ्ग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाण र जिल्ला सभापति रामकृष्ण खाणले उहाँलाई पार्टी सदस्यता प्रदान गर्नुभयो । उहाँ नेवा खलः सिद्धार्थ नगर समितिको उपाध्यक्ष पनि हुनुहुन्छ । लुम्बिनी विकास कोषमा काम गरेका ई श्रेष्ठ प्रकृतिक चिकित्सा विज्ञानमा समेत दख्खल राख्नुहुन्छ ।

उहाँलाई पार्टी प्रवेश गरेलगत्तै नेपाली काङ्ग्रेस रुपन्देहीको आमन्त्रित जिल्ला सदस्यमा नियुक्त गरेको जिल्ला सभापति रामकृष्ण खाणले बताउनु भयो । नेपाली कांग्रेस का केन्द्रिय सदस्य बाल कृष्ण खाणको हात बाट टिका ग्रहण गर्दै श्रष्ठले आजका दिन देखिनै नेपाली कांग्रेस पार्टी मा सक्रिय भएर लाग्ने प्रतिबन्धता व्यक्त गर्नु भयो। सत्ता गठबन्धर र एमाले राप्रपा गठबन्धब बिच चुनाबी प्रतिशपर्दा रहेको रुपन्देही क्षेत्र नं ३मा राप्रप्रका नगरसभापति काग्रेसमा प्रबेश गर्नु भएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?