सुनसरी । वाहिनीपति कप प्रतियोगिताको ट्रफी नम्बर ४ गण हेडक्वाटर सुनसरीले जितेको छ । पाँच विधाको प्रतियोगितामा नम्बर ४ गण हेडक्वाटर सुनसरीले तीन स्वर्ण र एक रजत गरी चार पदकसहित उपाधि जितेको हो । प्रतियोगिताका अधिकांश खेलमा ४ नम्बर गण सुनसरीका खेलाडीको दबदबा रहेको थियो । बराह वाहिनी मुख्यालय पकलीमा चार दिनसम्म चलेको प्रतियोगितामा नम्बर ४ गणले भलिबल, फुटबल र टेबलटेनिसतर्फ स्वर्ण जितेको छ ।
नम्बर ४ गण सुनसरीले अन्तिम प्रतियोगिताअन्तर्गत फुटबल पनि जितेको छ । फाइनलमा ४ नम्बर गण सुनसरीले ६ नम्बर गुल्म छिन्ताङ धनकुटालाई १-० गोल अन्तरमा पराजित गर्दै स्वर्ण जितेको हो । वाहिनीपति कप प्रतियोगितातर्फ सशस्त्र प्रहरी बल नेपाल नम्बर ३७ रिजर्भ गण हेडक्वाटर पकली दोस्रो र ५ नम्बर गण हेडक्वाटर त्रियुगा उदयपुर तेस्रो भएको छ ।
कार्यक्रम समापनका अवसरमा प्रतियोगितातर्फ उत्कृष्ट नम्बर ४ गण हेडक्वाटर सुनसरीका गणपति समेनन्द बज्राचार्यलाई बराह वाहिनीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेलले सम्मान गर्नुभयो । वाहिनीपति पोखरेलले प्रतियोगिताको ट्रफी विजेतासहितका टिम र खेलाडीलाई शिल्ड तथा प्रमाणपत्र वितरण गर्नुभयो ।
बराह वाहिनी मुख्यालय पकलीमा आयोजित वाहिनीपति कप प्रतियोगितामा मातहतका पाँचवटा गण हेडक्वाटर, दुईवटा रिजर्भ गण र एक गुल्म टोलीको सहभागिता थियो । प्रतियोगितामा फुटबल, भलिबल, टेबलटेनिस, एथलेटिक्स र ब्याडमिन्टनका खेल खेलाइएको थियो । प्रतियोगितामा छ स्वर्ण, छ रजत र दुई कांस्य गरी १४ वटा पदकका लागि १२० खेलाडी सहभागी भएका थिए ।
सशस्त्र प्रहरी बल, नेपालमा पेशागत गतिविधि चक्र सञ्चालनसम्बन्धी कार्ययोजना २०७९ अनुसार वाहिनीपति कपको आयोजना गरिएको बराह वाहिनी पकली सुनसरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच