धनगढी । कैलालीको गौरीगंगामा भइरहेको चौथो संस्करणको गौरीगंगा गोल्डकप २०८० मा फारवेष्ट पशुपति युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । गौरीगंंगा ११ स्पोर्ट्स क्लबको आयोजनामा भइरहेको प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा जित हात पार्दै फारवेष्ट पशुपति युवा क्लब अन्तिम चारमा पुगेको हो । फारवेष्ट पशुपतिले बाजुराको रानीवन युवा क्लबलाई ३-२ ले हराएको हो ।
फारवेष्टको जितमा शिशिर केसी, विवेक शाही र सन्दीप धामीले एक-एक गोल गर्नुभयो । रानीवनका लागि श्याम बयलीले दुई गोल गर्नुभयो । फारवेष्टका शिशिर केसी म्याच अफ द म्याच हुनुभयो । उहाँले नगद पाँच हजारसहित ट्रफी पाउनुभयो ।
योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । पहिलो सेमिफाइनल खेलमा स्टार सिटी ब्वाइज युनियन र फारवेष्ट एकेडेमीले प्रतिस्पर्धा गर्नेछन् । दोस्रो सेमिफाइनलमा फारवेष्ट पशुपति युवा क्लबले आयोजक गौरीगंगा ११ स्पोर्ट्स क्लबको सामना गर्नेछ । कैलालीको गौरीगंगामा २०७४ सालदेखि आयोजना हुँदै आएको गोल्डकपको यस वर्षको विजेताले नगद ६ लाख र उपविजेताले तीन लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार, उत्कृष्ट विधाका खेलाडीले १५-१५ हजार नगद र हरेक खेलको म्यान अफ दी म्याच हुनेले पाँच हजार पाउनेछन् ।
कैलालीमा राष्ट्रियस्तरका खेल आयोजना गर्न मिल्ने अर्को रंगशाला निर्माणमा जोड दिन प्रतियोगिता आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । खेलाडी उत्पादन र खेल क्षेत्रको विकासका लागि खेलकुद मैदान आवश्यक रहेकाले सोहीअनुसार फुटबलको पूर्वाधार निर्माणका लागि दबाब दिन विगतदेखि गोल्डकप आयोजना गर्दै आएको आयोजक सुदूरपश्चिम ११ स्पोर्ट्स क्बलले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच