त्रिविका चार जनाले विशेषबाट सफाइ पाएपछि सर्वोच्चमा अख्तियारको पुनरावेदन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग त्रिभुवन विश्वविद्यालयका परीक्षार्थीको उत्तरपुस्तिका फेरबदल गरेको आरोप लागेकालाई विशेष अदालतले सफाइ दिएपछि सर्वोच्च अदालत पुगेको छ । अख्तियारले बिहीबार सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ ।

प्रतिवादी कमलप्रसाद दाहाल, तेज नारायण चौधरी, हिरा कटुवाल र जानका आले मगरको मुद्दामा विशेष अदालतले गत कात्तिक २२ गते सफाइ दिएको थियो । विशेष अदालतले प्रतिवादीहरूलाई प्रमाणबाट आरोपित पुष्टि गर्ने आधार नभएकाले कसुरदार ठहर गरी सजाइ गर्न नमिल्ने भन्दै सफाइ दिएको थियो । विशेषले फैसला गरेको पाँच महिनापछि अख्तियारले पुनरावेदन गरेको हो ।

आरोपितलाई इन्कारी बयानकै आधारमा सफाइ दिएको, उत्तरपुस्तिका एउटै व्यक्तिले लेखेको विशेषज्ञले राय दिए पनि कसले लेखेको भनेर भन्न नसकेको लगायतलाई आधार मानेर आरोपितलाई मागदाबी अनुसारको सजाय हुनुपर्ने पुनरावेदनमा उल्लेख छ ।

आरोपित प्रतिवादीहरू सबैले विशेष अदालतमा आई कसुरमा इन्कार रही बयान गरेको र मौकामा बयान गर्ने प्रतिवादीहरू दाहाल र चौधरी पनि कसुरमा इन्कार गरेका थिए । तर, आयोगले उनीहरूले बयान दिँदैमा निर्दोष रहेको भनी मान्न मिल्ने अवस्था नरहनेलगायत आधार मानेर सर्वोच्चमा पुनरावेदन गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?