सियोल । थोक, खुद्रा, निर्माण र शिक्षा सेवा क्षेत्रहरूमा कम मागको कारण दक्षिण कोरियाको बेरोजगारी दोहोरो अंकमा झरेको सोमबार सार्वजनिक श्रम मन्त्रालयको तथ्यांकले देखाएको हो । रोजगार तथा श्रम मन्त्रालयका अनुसार रोजगारी खोज्ने नयाँ आवेदकहरूको संख्या फेब्रुवरीमा ९३ हजार २०० पुगेको छ । अघिल्लो वर्षको तुलनामा १३.३ प्रतिशतले घटेको छ । जनवरीमा एक अंकको वृद्धि भए पनि बेरोजगारी दरको दाबी फेब्रुवरीमा पुनः तल झरेको थियो ।
गत महिना थोक, खुद्रा, निर्माण, र शिक्षा सेवा उद्योगहरूमा आवेदकहरू घटेता पनि सूचना र सञ्चार क्षेत्रमा बढेको देखिएको छ । लाभ प्राप्त कर्ताहरूको संख्या एक वर्षअघिको तुलनामा १.१ प्रतिशतले बढी अर्थात् फेब्रुवरीमा छ लाख २५ हजार ५०० थियो । गतवर्षको फेब्रुवरीदेखि लगातार बेरोजगारी दाबीमा वृद्धि हुँदै आएको छ ।
फेब्रुवरीमा रोजगार खोज्नेको कूल भुक्तानी ८.५ प्रतिशतले बढेर ९६१.९ अर्ब बोन (७३१.४ मिलियन अमेरिकी डलर) पुगेको छ । रासस/सिन्हृवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच