नयाँदिल्ली । भारतीय अलराउण्डर हार्दिक पाण्डेया एकदिवसीय विश्वकपबाट बाहिर हुनुभएको छ । चोटका कारण उहाँ विश्वकपबाट बाहिर हुनुभएको हो । लिग चरणको अन्तिम खेल वा नकआउट चरणका खेलमा उहाँलाई टिममा देख्न सकिने विश्वास गरिएको थियो । तर, उहाँले भारतीय टिमका लागि खेल्न नसक्ने हुनुभएको हो । उहाँको स्थानमा प्रसिद्ध कृष्णलाई टिममा बोलाइएको छ ।
भारतीय टिम विश्वकपमा अविजित छ । भारतले लिग चरणका सातै खेलमा जित निकाल्दै सेमिफाइनल पुगेको छ । भारतीय टिमले अब नोभेम्बर १२ मा नेदरल्याण्ड्सविरुद्ध खेल्न बाँकी छ । हार्दिक आफ्नो घुँडाको चोटबाट निको हुन असफल हुनुभएको छ । उहाँले प्रतियोगिताका बाँकी खेल गुमाउने पक्का भएको छ ।
अक्टोबर १९ मा बंगलादेशविरुद्धको खेलमा हार्दिकले चोट बोक्नुभएको थियो । आफ्नो पहिलो ओभर फ्याँक्ने क्रममा उहाँले चोट बोक्नुभएको थियो । बायाँ खुट्टामा चोट लागेपछि उहाँ मैदानबाहिर हुनुभएको हो ।
यस विश्वकपमा हार्दिकको प्रदर्शन औसत रहेको छ । उहाँले बलिङमार्फत् पाँच विकेट लिनुभयो । उहाँलाई अष्ट्रेलियाविरुद्ध ब्याटिङको अवसर आएको थियो । उहाँले सो खेलमा ११ रन बनाउनुभएको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच