एजेन्सी । सद्गुरु जग्गी वासुदेवले जीवनलाई सहज र सरलतासँग बिताउनका लागि कैयौं सूत्र बनाउनुभएको छ । जसलाई हाम्रो जीवनमा समेट्ने हो भने धेरै दुःख र तनाव कम हुन्छन् । सद्गुरुका अनुसार धेरैजसो मानिस आफ्नो सोच र भावनाका कारण दुःखी हुन्छन् । हरेक स्थितिमा सद्गुरुले बताएका समाधानका सूत्रले हाम्रो जीवनलाई सुखी र सरल बनाउँछ । आज हामी तिनै सफलताका सूत्रका विषयमा जानकारी दिन गइरहेका छौं ।
कठिन विषय पनि सजिलैसँग पूरा गर्न सकिन्छ । त्यसलाई प्राप्त गर्न केवल समर्पित भाव राखेर काम गर्नुपर्छ । मानिसले आफ्नो दिमागलाई नियन्त्रण गर्न खोज्छन् तर दिमागलाई स्वतन्त्र छोडिदिनुपर्छ । कुण्ठा, निराशा र अपसोचको अर्थ तपाईं आफ्नैविरुद्ध काम गरिरहनुभएको छ ।
प्रत्येक चिजलाई त्यसैगरी हेर्नुहोस् जसरी तपाईं आफ्नो जीवन सजिलैसँग बिताउन सक्नुहुन्छ । वास्तविकरूपमा धेरैजसो इच्छा तपाईंको हुँदैन । तपाईं त मात्र त्यसलाई सामाजिक परिवेशले उठाउनुहुन्छ । जिम्मेवारीको अर्थ जीवनमा आउने कुनै पनि स्थितिको सामना गर्न सक्षम हुनु हो ।
कुनै पनि काम तनावपूर्ण हुँदैन । शरीर, मन र भावनालाई सहीरूपमा प्रबन्ध गर्न नजान्दा त्यसले तनाव दिने हो । कुनै कामका लागि आवश्यक परे निर्णय लिनुहोस् । पहिलादेखि नै राय बनाउनुहोस् । रायले तपाईंको बुद्धिमा बाधा उत्पन्न गर्न सक्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच