म्यानचेस्टर सिटी र एस्टन भिल्ला विजयी, म्यानचेस्टर युनाइटेड पराजित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं- इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सेफिल्ड युनाइटेडलाई हराएको छ । गएराति भएको खेलमा सिटीले सेफिल्डलाई २–० गोलले हरायो ।

जितसँगै सिटी तेस्रो स्थानमा उक्लिएको छ । सिटीको १९ खेलमा ४० अंक भएको छ ।

अर्को खेलमा एस्टनभिल्लाले बर्नलीलाई ३–२ गोलले हरायो । एस्टनभिल्लाले शीर्षस्थानको लिभरपुलसँग अंक बराबरी गरेको छ । तर २० खेलमा ४२ अंककासाथ एस्टन भिल्ला दोस्रो स्थानमा छ । पहिलो स्थानमा रहेको लिभरपुलको १९ खेलमा ४२ अंक रहेको छ ।

गएराति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । युनाइटेड नटिङ्घम फरेस्टसँग २–१ गोलले पराजित भयो । युनाइटेड २० खेलमा ३१ अंककासाथ सातौँ स्थानमा छ । अरु खेलमा चेल्सीले लुटन टाउनलाई ३–२ गोलले र क्रिस्टल प्यालेसले ब्रेन्टफोर्डलाई ३–१ गोलले हराएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?